काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थ सचिव कृष्णहरि पुष्करले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग शपथ लिएका हुन् ।
यस अघिका अर्थसचिव मधुकुमार मरासिनीको प्रधानमन्त्री कार्यलयमा सरुवा भएपछि कार्कीले अर्थसचिवको जिम्मेवारी पाएका हुन् । राजस्व सचिव रहेका कार्कीले केही दिन अघि मात्र अर्थसचिवको जिम्मेवारी पाएका हुन् ।
ऐन अनुसार अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको पदेन सञ्चालक हुने व्यवस्था छ । जस अनुसार पुष्कर सञ्चालक भएका हुन् ।