भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले नघटाउने

<p>काठमाडौं । नेपाल आयल निगमले भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नघटाउने निर्णय गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै निगम अझै पनि घाटामा रहेको बताउँदै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जानकारी दिएको हो । मंगलबार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ १० पैसा [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नघटाउने निर्णय गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै निगम अझै पनि घाटामा रहेको बताउँदै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जानकारी दिएको हो ।

मंगलबार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ १० पैसा र डिजेलमा ४ रुपैयाँ ७५ पैसा घटाएर पठाएको छ ।

निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पछिल्लो ३ पटक मूल्य घटेर आए पनि पुरानो घाटा कम गर्न मूल्य नघटाएको बताए । उनले हाल निगमको कूल घाटा साढे ६२ अर्ब रुपैयाँ पुगेको जानकारी दिए । ‘सरकारले कर छुट कटौती गरेको अवधिमा निगमलाई १० अर्ब घाटा भयो, हाल हामीले २३ अर्ब रकम बक्यौता तिर्नु बाँकी छ,’ उनले भने ।

Share News