प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको मूल्य

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले घटेर ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासघंले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९६ [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले घटेर ९६ हजार ७०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासघंले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९६ हजार ९०० रुपैयाँ थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदीको मूल्य पनि घटेर १ हजार २२० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महांसघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News