थप ८८८ जनामा कोरोना भाइरस सङ्क्रमण

<p>काठमाडौं । सोमबार थप ८८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ५ हजार ७३७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ३८७ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४७४ जना कोरोना सङ्क्रमण मुक्त [&hellip;]</p>

काठमाडौं । सोमबार थप ८८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार ५ हजार ७३७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ३८७ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४७४ जना कोरोना सङ्क्रमण मुक्त भएर स्वस्थ भएका छन् । योसँगै हालसम्म ९ लाख ७६ हजार ८३ जना सङ्क्रमण मुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको निधन भएको छ । यो सँगै कोरोना संक्रमणबाछ मृत्यु हुनेको संख्या ११ हजार ९८९ जना पुगेका छन् ।

विगत २४ घण्टामा १ लाख ५० हजार ६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले बताएको छ ।

Share News