४०० रुपैयाँले घट्याे सुनकाे मूल्य

<p>काठमाडौं । सोमबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९७ हजार ४०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार [&hellip;]</p>

काठमाडौं । सोमबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९७ हजार ४०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने घटेर तोलाको १ हजार २३५ रुपैयाँ कायम भएको छ ।

Share News