काठमाडाैं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठले जलविद्युत व्यवसायीका समस्या समाधानमा सरकार अग्रसर हुनु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जलविद्युत व्यवसायीका समस्याहरु समाधानका लागि सरकार अग्रसर हुनु पर्ने बताएका हुन् ।
‘नेपालका निजि लगानीकर्ताले जलविद्युत आयोजना निर्माण गर्न लगानीको समस्या भोग्नु परेको छ, स्वदेशी लगानीको लागि क्षमता अअभिवृद्धि गर्नु पर्छ, बैंकको लगानी क्षमता पनि वृद्धि भैसकेको छ,’ उनले भने ।
यस्तै, उनले लोडसेडिङ अगाडि र लोडसेडिङ पछाडि हाइड्रो व्यवस्थापनमा ब्यबस्थापनमा कमि आएको बताए । उनले विद्युत विधेयकमा निजि क्षेत्रको समस्या सुनुवाइ हुनुपर्ने धारणा पनि राखे ।
नेपालमा छिटोभन्दा छिटो ४२ हजार मेगावाट बिजुली उत्पादन हुनु पर्ने उनको भनाइ छ ।