काठमाडौं । पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले पश्चिम सेती आयोजनाको निर्माण गर्न भारतलाई दिनु गलत नियत भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले भारतलाई पश्चिम सेती जलविद्यतुत आयोजना निर्माणको ठेक्का दिनु गलत नियत भएको बताएका हुन् ।
यस्तै, उनले भारतले नेपालको प्राकृतिक स्रोतमा गिद्दे नजर लगाएको बताएका छन् । प्राकृतिक सम्पदाको धनी नेपालको प्राकृतिक सम्पदामा भारतले गिद्दे नजर लगाएको बताएका हुन् ।
‘भारतले नेपालको प्राकृतिक स्रोतमा गिद्दे नजर लगाएको छ, यसमा नेपालले समयमै ध्यान दिनुपर्छ,’ उनले भने ।
यस्तै, उनले बिद्युत नियमन आयोगलाई बिजुली उत्पादनमा नलाग्न आग्रह गरे ।