इन्जिनियरले जोखिम देखेर जलविद्युतको सेयरमा लगानी गर्दैनन् : अध्यक्ष सिंह

<p>काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष डिल्ली बहादुर सिंहले हाइड्रोपावर इन्जिनियरले जोखिम देखेर जलविद्युतको सेयरमा लगानी नगरेको बताएका छन् । आइतबार रिडी र रैराङ हाइड्रोपावर कम्पनीबीच काठमाडौंमा सम्पन्न भएको मर्जर कार्यक्रममा उनले यस्तो बताएका हुन् । &#8216;इन्जिनियरलाई जलविद्युत क्षेत्रमा ठूलो जोखिम देखेको हुन्छ । बरु इन्जिनियरले बैंक तथा संस्थामा लगानी गर्न रुचाउँछन् तर जलविद्युत कम्पनीको सेयर किन्न जोखिम [&hellip;]</p>

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष डिल्ली बहादुर सिंहले हाइड्रोपावर इन्जिनियरले जोखिम देखेर जलविद्युतको सेयरमा लगानी नगरेको बताएका छन् । आइतबार रिडी र रैराङ हाइड्रोपावर कम्पनीबीच काठमाडौंमा सम्पन्न भएको मर्जर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘इन्जिनियरलाई जलविद्युत क्षेत्रमा ठूलो जोखिम देखेको हुन्छ । बरु इन्जिनियरले बैंक तथा संस्थामा लगानी गर्न रुचाउँछन् तर जलविद्युत कम्पनीको सेयर किन्न जोखिम मान्छन्,’ उनले भने ।

उनले जलविद्युत क्षेत्रमा मर्जर आवश्यक रहेको बताए । हालसम्मा १६ कम्पनि मर्जर भएकोमा पब्लिक सूचीकृत कम्पनीमा रिडी पहिलो मर्जर भएको पनि उनले बताए ।

यस्तै उनले विद्युत नियमन आयोग कम्पनीमा ७ जना कर्मचारी भएर पनि धेरै काम भएको बताए । ‘ढिलो चाडो भएपनि सबै काम विद्युत नियमन आयोगले गरेको छ, नियमनभन्दा पनि सुविधामा आयोगले काम गरेको छ,’ उनले भने ।

उनले सरकारले मात्रै जलविद्युतको विकास गर्न नसक्ने हुनाले जलविद्युत क्षेत्रमा निजी लगानीकर्ता ल्याउनु पर्ने बताएका छन् ।

Share News