भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न

<p>काठमाडौं । भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ । पोखराको ग्रान्डी होटलमा भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको हाे । डिलर मिटमा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए । कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानकारीका अतिरिक्त विभिन्न खालका खेल, रिफ्रेसमेन्ट, अन्तक्र्रिया र पुरस्कार वितरणसमेत भएको थियो । कार्यक्रममा आगामी वर्षका लागि डिलरहरुबाट १ हजार ४ [&hellip;]</p>

काठमाडौं । भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको छ । पोखराको ग्रान्डी होटलमा भिडोल लुब्रिकेन्ट्सको डिलर मिट सम्पन्न भएको हाे । डिलर मिटमा देशभरिका २५ वटा डिलर सहभागी भएका थिए ।

कार्यक्रममा बिक्री रिपोर्टिङ र अन्य जानकारीका अतिरिक्त विभिन्न खालका खेल, रिफ्रेसमेन्ट, अन्तक्र्रिया र पुरस्कार वितरणसमेत भएको थियो । कार्यक्रममा आगामी वर्षका लागि डिलरहरुबाट १ हजार ४ सय ९९ किलोलिटर बिक्री गर्ने टार्गेट घोषणा भएको थियाे ।

कार्यक्रममा गत सालको बिक्रीका आधारमा विभिन्न डिलरहरु फरक–फरक सेगमेन्टमा पुरस्कृत भएका थिए, जसमा जगदम्बा बेरिङ सेन्टर, विराटनगरले प्रथम; सिर्जना अटो सर्भिस, धरानले द्वितीय र शिखर लिंक ट्रेडिङ, ललितपुरले तृतीय स्थान हासिल गरेका थिए ।

त्यसैगरी, सञ्जय अटो सेल्स, धनगढीले बेस्ट न्यू कमर; शिखर लिंक ट्रेडिङ, ललितपुरले बेस्ट टु ह्विलर सेल्स; बिएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट थ्री ह्विलर सेल्स; शिखर लिंक ट्रेडिङ, ललितपुरले फेरि बेस्ट पीसीएमओ सेगमेन्ट सेल्स; डिलाइट अटो पार्ट्स सप्लायर्स, नारायणघाटले बेस्ट डिइओ सेगमेन्ट सेल्स; विएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट गियर ट्रान्समिसन सेल्स; जगदम्बा वेरिङ सेन्टर, विराटनगरले बेस्ट एफइएम सेगमेन्ट सेल्स र सुभम पावर मल्ट्री ट्रेड कलंकीले बेस्ट इन्डिस्ट्रियल सेल्सको अवार्ड जितेका थिए ।

त्यसैगरी, कार्यक्रममा प्रदेश १ का इन्चार्ज सुशील ताम्राकारलाई बेस्ट इम्प्लोईको अवार्ड प्रदान गरिएकाे थियाे ।

नेपालमा भिडोल लुब्रिकेन्ट सम्पूर्ण सेगमेन्टमा उपलब्ध छ । यो लुब्रिकेन्ट टु ह्विलरदेखि हेभी इक्विपमेन्टसम्मको क्याटागोरीमा उपलब्ध छ । कम्पनीले औद्योगिक क्षेत्रमा पनि लुब्रिकेन्ट्स बिक्री–वितरण गरिरहेको छ । नेपालमा यस लुब्रिकेन्टलाई भी. जी. ल्युबले बिक्री वितरण गरिरहेको छ ।

Share News