थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

<p>काठमाडौं । एकैदिन ८१५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ हजार ५३४ जनामा परिक्षण गर्दा ८१५ जनामा संक्रमण देखिएको छ । आज ४७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण [&hellip;]</p>

काठमाडौं । एकैदिन ८१५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ हजार ५३४ जनामा परिक्षण गर्दा ८१५ जनामा संक्रमण देखिएको छ ।

आज ४७६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण ५ जनाको मृत्यु भएको छ ।

Share News