
काठमाडौं । मंगलबार एकैदिन एक हजार ९० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको हो ।
योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनबाट मंगलबार दुई जनाको मृत्यु भएको छ ।