काठमाडौं । हुण्डी कारोबार गरेको कसुरमा राजस्व अनुसन्धान विभागले ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । विभागले नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, प्रज्वल ढुंगाना र सुवास जंग पाण्डेविरुद्ध मुद्धा दर्ता गरेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा नुवाकोट स्थायी घर भएका नवराज ढुंगानालाई ६९ लाख ९९ हजारसहित पक्राउ गरेपछि अनुसन्धान गर्ने क्रममा बाँकी ३ जना पनि संलग्न भएको पाइएको विभागका सूचना अधिकारीले दिपेश लेखकले जानकारी दिए ।
फणिन्द्रप्रसाद ढुंगाना शिव सर्भिस एण्ड मल्टीपर्पोजका संचालकसमेत हुन् भने सुवाश पाण्ड सुवाश क्याशमिर कलेक्सनका प्रोपराइटर हुन । प्रज्वल ढुंगाना भने हाल जापानमा रहेका छन् ।
उनीहरुले नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखि अवैध कारोबार गरी विदेशी विनिमय विपिरितको कसुर गरेको देखिएको सूचना अधिकारी लेखकले बताए ।