काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेले नियुक्त भएका छन् ।
गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गते बाट नै लागू हुनेगरि उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
युकेको हिरोवट युनिभर्सिटीबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेसँग नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्गमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ । मर्चेण्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।