काठमाडौं । भूमी व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले सहकारीको ब्याज कम हुनुपर्ने बताएकी छिन् ।
बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएकी हुन् ।
‘सहकारीमा सबैभन्दा कम ब्याज हुनु पर्ने हो, तर यही क्षेत्रमा बढी ब्याज छ,’ उनले भनिन् ।
साथै, सहकारी क्षेत्र जोखिमयुक्त भएकोमा आफू चिन्तित रहेको समेत बताइन् ।
‘पछिल्लो समय सहकारीमा देखिएको सहकारीको गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको छ, अब सबै बदलिन आवश्यक छ,’ मन्त्री श्रेष्ठले भनिन् ।
त्यस्तै, सहकारी क्षेत्रको विकासमा सबै लाग्नु पर्ने उनको भनाई छ ।