काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो ।
पछिल्लो समय पोखराको नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्मको केवलकार परियोजना अघि बढाइरहेका उनी विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आवद्ध थिए ।