काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी सरुवा भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको हो ।
बैंठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । अर्थमन्त्री जनारदन शर्मा र मरासिनीबीच विवाद बढेपछि उनको सुरुवा भएको हो ।
बजेट निर्माणमा मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा ठूलो विरोध भएपछि अर्थमन्त्री शर्मा र मरासिनीको विवाद बढेको थियो । मरासिनीले शर्मा मन्त्रालयमा हुँदासम्म आफु काममा नफर्किने भन्दै विदामा बसेका थिए । जेठपछि मात्रै उनी तीन पटक विदामा बसिसकेका छन् । बजेट सार्वजनिक लगत्तै उनी लामो समय विदामा बसेर अमेरिका घुम्न गएका थिए ।
अर्थमन्त्रालय श्रोतको अनुसार अहिले अर्थसचिवका लागि राजस्व सचिव कृष्णहरि पुष्कर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, योजना आयोगका सचिव केवल भण्डारीको नाम चर्चामा छ ।
अर्थमन्त्री शर्माले राजश्व सचिव पुस्करलाई नै अर्थसचिव बनाउन खोजेको पनि बुझिएको छ । शर्मा अर्थमन्त्रीमा नियुक्त हुँदा पनि पुस्करले नै स्वागत गरेका थिए ।
सम्बन्धित समाचार :