६ हजार २ जनामा परिक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार २ जनामा कोरोना परिक्षण गर्दा ९ सय १५ जनामा कोरोना पुष्टि भएको हो । स्थास्थ्य मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर र २ हजार ९११ जनाको एन्टीजेन गरी [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार २ जनामा कोरोना परिक्षण गर्दा ९ सय १५ जनामा कोरोना पुष्टि भएको हो ।

स्थास्थ्य मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर र २ हजार ९११ जनाको एन्टीजेन गरी कूल ६ हजार २ जनाको कोरोना परिक्षण गरेका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३३ जना रहेको मन्त्रालयले बताएको छ ।

एक दिनको अवधिमा ५५ हजार ५५९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share News