काठमाडौं । द हिमालयन रिजर्भले ब्राण्ड एम्बेस्डरमा नेपाली गल्फ खेलाडी शुक्रबहादुर राईलाई नियुक्त गरेको छ ।
स्कुले जीवनमा केही पैसा कमाउने आशामा केडी बोइ बनेर गल्फ खेलमा आफ्नो करियर सुरू गरेका शुक्रबहादुर राई नेपालको सबैभन्दा बढी सम्भावना बोकेका खेलाडीको रूपमा चिनिन्छन् ।
गल्फ खेलमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने उनको सपना हाल पूरा भएको र आफ्नो र नेपालको नाम विश्वभरी नै चम्काउने सपना अझै पूरा हुन बाँकी रहेको नी बताउँछन्
द हिमालयन रिजर्भ १२ वर्ष पुरानो इम्पोर्टेड स्कच माल्ट र स्कटिश ग्रेन स्पिरिटहरूको मिश्रण गरी तयार गरिएको प्रिमियम ह्विस्की हो ।