काठमाडौं । सप्तकोशी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिकामा पस्न थालेको छ ।बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर नगरपालिकामा पस्न थालेको हो ।
तीन सातादेखि नदीको भँगालो रोक्ने प्रयास गर्दा पनि नसकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
बस्तीमा नदी पसेपछि करीब एक हजार घरपरिवार र ठूलो संख्यामा चौपाया प्रभावित हुन सक्ने अनुमान गरिएको छ।