काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दुध तथा दुधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा संचालनमा ल्याएको छ । कम्पनीले सोमबारबाट किर्तीपुरको नयाँबजारमा बिक्री केन्द्र संचालनमा ल्याएको हो ।
बिक्री केन्द्रको उद्घाटन निर्देशक एवं कलाकार दिपाश्री निरौला, दिपकराज गिरी र हास्य कलाकार जीतु नेपालले संयुक्त रुपमा गरेका थिए । कम्पनीले नयाँ बिक्री केन्द्र खुलेको अवसरमा महिनाभरी ५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
दुध तथा दुग्धजन्य पदार्थ उत्पादन र बिक्री वितरणको २७ वर्ष पुगी २८ वर्ष प्रवेश गरेको अवसरमायो सिताराम डेरीको चौथो तथा आफनै दोश्रो बिक्री केन्द्र रहेको अध्यक्ष सुमित केडियाले बताए ।
‘यस किर्तीपुरमा खोलिएको सिताराम दुध बिक्री केन्द्रबाट आम ग्राहकहरुले सितारमा दुध तथा यसबाट बनेमा विभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउनुहुनेछ । हामी हरेक मानिसहरुलाई गुणस्तरीय उत्पादनहरु विगत २७ वर्षदेखि उपलब्ध गराइरहेका छौं र आज अनि भोलि पनि हामी यहिलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ उनले भने ।
उनले चाँडै नै अन्य स्थानमा बिक्री केन्द्र खोल्ने र फ्रन्चाइज मोडलमा पनि जाने बताए ।