आइसीटीसी समूहको इन्ट्री अब हाउजिङमा पनि, अर्बौंको लगानीमा काठमाडौंसहित तीन शहरमा भव्य भवन

<p>काठमाडौं । आइसीटीसी समूहले विभिन्न शहरह ज्ञमा हाउजिङ निर्माण गर्ने भएको छ । सो समूहले काठमाडौं, चितवन र निजगढमा भव्य हाउजिङ निर्माणको तयारी थालेको हो । आइसीटीसी समूह अन्तर्गतको आइसीटीसी रियल इस्टेट प्रालिले सोमबार एक सूचना जारी गर्दै तीन शहरमा भव्य व्यवसायिक भवन. तथा अपार्टमेन्ट निर्माण गर्ने बताएको हो । यी भवन निर्माणका लागि कम्पनीले [&hellip;]</p>

काठमाडौं । आइसीटीसी समूहले विभिन्न शहरह ज्ञमा हाउजिङ निर्माण गर्ने भएको छ । सो समूहले काठमाडौं, चितवन र निजगढमा भव्य हाउजिङ निर्माणको तयारी थालेको हो ।

आइसीटीसी समूह अन्तर्गतको आइसीटीसी रियल इस्टेट प्रालिले सोमबार एक सूचना जारी गर्दै तीन शहरमा भव्य व्यवसायिक भवन. तथा अपार्टमेन्ट निर्माण गर्ने बताएको हो । यी भवन निर्माणका लागि कम्पनीले अर्बौं लगानी गर्नेछ ।

भवन निर्माणका लागि इच्छुक कम्पनीहरुले योग्यताअनुसारको आशयपत्र पेस गर्नुपर्ने कम्पनीको सस्चनामा उल्लेख छ । कम्पनीले पेश भएका आशयपत्रहरुमध्ये उत्कृष्ट कम्पनीलाई छनोट गरेर काम अगाडि बढाउने सूचनामा उल्लेख गरेको छ ।

कम्पनीले भदौ १५ भित्र आशयपत्र बुझाउने म्याद दिएको छ । बीमा, होटल, जलविद्युत लगायतमा लगानी छ । अब हाउजिङ क्षेत्रमा पनि लगानी गर्ने भएको हो । सन् न् १९७५ मा एउटा सानो स्टेशनरीबाट व्यापार सुरु गरेको आईसीटीसी समूह अहिले एउटा ठूलो व्यवसायिक घरानाको नामले परिचित छ ।

Share News