विप्लवसहित नेकपाका कार्यकर्ताहरु विरुद्ध पक्राउ पुर्जी जारी

<p>काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा उनीहरुविरुद्ध  पक्राउ पुर्जी जारी गरेको बताइएको छ । [&hellip;]</p>

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले विप्लवसँगै पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा उनीहरुविरुद्ध  पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ ।

Share News