अर्थमन्त्रीमा पुन: जनार्दन शर्मा, साढे ५ बजे सपथ लिने

<p>काठमाडौं । माओवादी सांसद जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पुन: अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । शर्माले आजै साढे ५ बजे पद तथा गोपनियताको सपथ लिनेछन् । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि उनले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका [&hellip;]</p>

काठमाडौं । माओवादी सांसद जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पुन: अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

शर्माले आजै साढे ५ बजे पद तथा गोपनियताको सपथ लिनेछन् ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि उनले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

उनले असार १४ गते राती अनधिकृत व्यक्तिलाई करको दर हेरफेरका लागि अर्थमन्त्रालय प्रवेश गराएको समाचार बाहिरिएपछि मन्त्रीपदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै संसदीय छानबिन विशेष समिति गठन गरेर अनुसन्धान थालिएको थियो ।

उक्त समितिले १७ दिन लगाएर तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि नभएको निष्कर्ष निकालेपछि जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका हुन् ।

Share News