एनआइबिएल एस क्यापिटल ११ ‌औं वर्षमा, दश जना लगानीकर्तालाई १० हजार इकाई दिने

<p>काठमाडौं । एनआइबिएल एस क्यापिटलले स्थापनाको १० वर्ष पुरा गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो सेवाहरुमा विशेष छुट अफर ल्याएको छ । कम्पनीले डिम्याटको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानिमा थप १० वर्ष निशुल्क नविकरण प्रदान गर्ने जनाएको छ । यस्तै, कम्पनीले १० रुपैयाँमा मार्केट एक्सपर्ट अफर ल्याएको छ । साथै, कम्पनीले लगानीकर्ताहरुरुबाट [&hellip;]</p>

काठमाडौं । एनआइबिएल एस क्यापिटलले स्थापनाको १० वर्ष पुरा गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो सेवाहरुमा विशेष छुट अफर ल्याएको छ ।

कम्पनीले डिम्याटको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानिमा थप १० वर्ष निशुल्क नविकरण प्रदान गर्ने जनाएको छ । यस्तै, कम्पनीले १० रुपैयाँमा मार्केट एक्सपर्ट अफर ल्याएको छ ।

साथै, कम्पनीले लगानीकर्ताहरुरुबाट १० जनालाई १० हजार बराबरको इकाई प्रदान गर्ने र सिस्टम्याटिक इन्भेष्टमेन्ट प्लानमा दर्ता हुने बालबालिकालाई आकर्षक उपहारहरु दिने जनाएको छ । यो अफर साउन १५ गतेदेखि साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिलले १८८ कम्पनीको आइपिओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।

क्याप्टिल, योजना व्यवस्थापक रही ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना एनआएबिएल ग्रोथ फण्ड नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकलाई मेरो सेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Share News