काठमाडौं । अर्थ मन्त्रालयले अति गोप्यका रूपमा चित्रण गरेका कागजातहरु सार्वजनिक भएका छन् । संसदीय छानविन समितिले अति गोप्य कागजातहरु सार्वजनिक गरेको हो । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर छानविन गर्न बनेको समितिले अति गोप्य कागजात सार्वजनिक गरेको हो ।
अर्थमन्त्रालयले भन्सार विभागलाई कागजातसहित विवरण उपलब्ध गराउनका लागि पठाएको पत्र समितिले सार्वजनकि गरेकाे हाे । पत्रमा आफैमा ठूलो गोपनियता नभएपनि अति गोप्यको ट्याग लगाइएको छ ।
सो पत्रमा स्पञ्ज आइरन बिलेट, स्यानिटरी प्याड, पाम आयल, साबुन, जुत्ताचप्पल लगायतको आयात विवरण गोप्य रुपमा पठाउन माग गरिएको छ । कुनै एउटा निकायले अर्काे निकायलाई पत्र पठाउँदा त्यसमा गाेप्यऽ अति गाेप्य, अत्यन्त जरूरी लगायतका ट्याग लगाउने अभ्यास छ ।