काठमाडौं । सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो ।
समितीले महानगरले सम्झौताअनुसार काम नगरेको र उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै फोहोर फाल्न नदिने घोषणा गरेको जनाएको छ ।