काठमाडौं । खल्ती हाइपरलिंकले आफ्ना प्रयोगकर्ताहरूका लागि आयोजना गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा १ करोडभन्दा बढी संख्यामा कारोबार भएको छ । कम्पनीले जेठ १२ गतेदेखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको अफरमा पाँच लाख ग्राहकले सो संख्यामा कारोबार गरेका हुन् ।
यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले क्यासब्याक तथा थुप्रै उपहार जितेका थिए । यसकाा साथै अफर अन्तर्गत ३ जनाले बजाज पल्सर एनएस १६० एबिएस बाइक, ७६ जनाले ७ वटा इलभ एगिकको ४३ इन्चको स्मार्ट टिभी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट र ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेका थिए ।
डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न अफरहरू प्रदान गर्दै आईरहेको छ ।