सांसदलाई मास्क लगाउन सभामुखको आग्रह

<p>काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा मास्क लगाउन आग्रह गरेका हुन् । ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु,&#8217; उनले भने । सोमबार [&hellip;]</p>

काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा मास्क लगाउन आग्रह गरेका हुन् ।

‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु,’ उनले भने ।

सोमबार मात्रै नेपालमा ५६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ जसमा एक जनाको मृत्यु भएको छ ।

Share News