काठमाडौं । डेनमार्क, स्पेन र रुसका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा तीन देशका लागि राजदूत नियुक्त गरेकी हुन् ।
भण्डारी डेनमार्कका लागि नेपाली राजदूतमा रामस्वार्थ राय, स्पेनका लागि डा। शर्मिला पराजुली ९ढकाल० र रुसी महासंघका लागि मिलनराज तुलाधारलाई नियुक्त गरेकी छिन् ।
राष्ट्रपतिको कार्यालयले भारतका लागि आवासीय राजदूत डा। शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत राजदूत नियुक्त गरिएको जनाएको छ ।