संसदीय समितिले सिसिटिभीको फरेन्सीक फुटेज हेर्यो, एमाले सांसद भन्छन् : कुनै प्रमाण भेटिएन

<p>काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गरिरहेको संसदीय समितिले प्रहरी मार्फत प्राप्त सीसीटिभी फुटेजको फरेन्सिक रिपोर्ट आज बिहान हेरेको छ । तर समितिले हेरेको रिपोर्टमा बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको प्रवेश गरेको कुनै प्रमाण नदेखिएको समितिका एकजना सदस्यले विकासन्यूजलाई बताए । ‘रिपोर्ट त हेर्यौं, तर, कुनै प्रमाण देखिएन,’ उनले भने, त्यहाँ छ भन्न खोजिएको [&hellip;]</p>

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गरिरहेको संसदीय समितिले प्रहरी मार्फत प्राप्त सीसीटिभी फुटेजको फरेन्सिक रिपोर्ट आज बिहान हेरेको छ । तर समितिले हेरेको रिपोर्टमा बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको प्रवेश गरेको कुनै प्रमाण नदेखिएको समितिका एकजना सदस्यले विकासन्यूजलाई बताए ।

‘रिपोर्ट त हेर्यौं, तर, कुनै प्रमाण देखिएन,’ उनले भने, त्यहाँ छ भन्न खोजिएको छ, तर छैन, वास्तवमा देखिने गरेर छैन ।’ फोरेन्सिक रिपोर्ट प्राविधिक भएकाले त्यसको विषयमा स्पष्ट हुन समितिले विधि विज्ञान प्रयोगशालाका विज्ञलाई छलफलका लागि बोलाउने भएको छ । सोही अनुसार समितिको बैठक पुनः दिउसो ४ बजे बोलाइएको छ ।

बैठकमा क–कसलाई बोलाउने भन्ने जिम्मेवारी समितिलाई अध्यक्षलाई दिइएको सहभागी सदस्यले विकासन्युजलाई बताए । ‘दिउँसो ४ बजे बस्ने कुरा छ, क–कसलाई बोलाउने भन्ने जिम्मेवारी अध्यक्षलाई दिएका छौं,’ उनले भने । प्रहरीको फरेन्सीक रिपोर्टमा पनि प्रमाण नभेटिने बनाउन खोजिएको समितिमा सदस्य रहेका एमाले सांसदको भनाइ छ ।

Share News