फर्स्ट माइक्रोफाइनान्सले कमायो ८७% बढी नाफा, प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ

<p>काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ८७ प्रतिशत बढी नाफा कमाएको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तले अघिल्लो वर्षको तुलनामा ८७.८४ प्रतिशत बढी नाफा गरेको हो । अघिल्लो वर्ष १४ करोड ३१ लाख रुपैयाँ बराबरको नाफा कमाएको संस्थाले गत वर्ष २६ करोड ८८ लाख रुपैयाँ बढी नाफा [&hellip;]</p>

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ८७ प्रतिशत बढी नाफा कमाएको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तले अघिल्लो वर्षको तुलनामा ८७.८४ प्रतिशत बढी नाफा गरेको हो ।

अघिल्लो वर्ष १४ करोड ३१ लाख रुपैयाँ बराबरको नाफा कमाएको संस्थाले गत वर्ष २६ करोड ८८ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।

समिक्षा अवधिमा संस्थाको खुद व्याज आम्दानी पनि बढेर ४२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा संस्थाको यस्तो आम्दानी २६ करोड ५६ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, सञ्चालन नाफा पनि २० करोड ३६ लाख रुपैयाँबाट बढेर ३८ करोड ८४ लाख पुगेको छ ।

हाल संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो ।

खुद नाफा बढेसँगै संस्थाको प्रतिसेयर आम्दानी २७.८८ रुपैयाँ छ । अघिल्लो वर्ष १६.३३ प्रतिशत रहेको उक्त आम्दानी यो अवधिमा ७०.७३ प्रतिशतले बढेको हो । प्रतिसेयर नेटवर्थ १४५.६९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.२८ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११३६.२५ रुपैयाँ रहेको छ ।

Share News