काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ६ बजेर ७ मिनेट जाँदा उक्त स्थानलाई केन्द्र पार्दै ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
उक्त भूकम्पको धक्का काठमाडौं लगायत विभिन्न जिल्लामा समेत महसुस भएको छ ।