काठमाडौं । आइतबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार १५५ रुपैयाँ कायम भएको छ ।