आर्थिक वृद्धि औसत भन्दा बढी हुने -गभर्नर अधिकारी

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ०७९/८० मा औसत भन्दा बढी आर्थिक वृद्धि हुने बताएका छन् । आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् । विदेशमा रोजगारीको शिलशिलामा जानेको संख्या वृद्धि भएको, पर्यटकको आगमनमा सुधार आउन थालेको चालु आवमा नै ७ सय मेघावाट [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ०७९/८० मा औसत भन्दा बढी आर्थिक वृद्धि हुने बताएका छन् । आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

विदेशमा रोजगारीको शिलशिलामा जानेको संख्या वृद्धि भएको, पर्यटकको आगमनमा सुधार आउन थालेको चालु आवमा नै ७ सय मेघावाट भन्दा धेरै विद्युत थप उत्पादन भै राष्ट्रिय प्रसारण लाईनमा जोडिने, स्थानीय चुनाव सम्पन्न भएको र प्रदेश तथा संघको निर्वाचन हुने तयारी रहेकोले मुद्रा प्रवाहमा वृद्धि हुन जाने हँुदा आन्तरिक माग बलियो हुने गभर्नर अधिकारीले जनाएका छन् । सरकारले अगाडि बढाएको आर्थिक वर्ष ०७९/८० मा गरिएको नीतिगत व्यवस्थाले उद्योगहरुको क्षमतामा समेत वृद्धि हुने आधारले आर्थिक वृद्धि औसतभन्दा उच्च रहने गभर्नर अधिकारीले बताए ।

रासायनिक मलको अभाव, बाह्य क्षेत्रमा रहेको दवाब तथा संकुचन र मूल्यवृद्धि जस्ता कुराहरुले भने आर्थिक वृद्धिलाई चुनौती दिने गभर्नर अधिकारीको भनाई छ ।

Share News