नबिल इन्भेष्टमेन्टले ३१ वटा कम्पनीको एनआई ३१ तयार गर्ने

<p>काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीको अन्तिम मुल्यको आधारमा तयार गरिने एनआई ३१ तयार गर्ने भएको हो । आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण भएर कारोबार भइरहेका कम्पनी मध्ये एनआइ ३१ लाई तयार गरि दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने [&hellip;]</p>

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीको अन्तिम मुल्यको आधारमा तयार गरिने एनआई ३१ तयार गर्ने भएको हो । आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण भएर कारोबार भइरहेका कम्पनी मध्ये एनआइ ३१ लाई तयार गरि दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईड तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने भएको हो ।

उक्त सेवाबाट आम लगानीकर्तालाई कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ । नेप्सेबाट तयार हुने नेप्से ईन्डेक्स भारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ । एनआई ३१ नेप्सेमा सूचीकरण भई दैनिक रुपमा कारोवार भैरहेका कम्पनीहरुमध्येबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनि छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ ।

एनआई ३१ ले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, नेप्से इण्डेक्सको भारित पूँजीगत औषतका कमिकमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनिको मूल्यमा हुने परिवर्तनबाट समग्र पूँजी बजारको अध्ययन गर्न समेत सहयोग पुग्ने कम्पनीले बताएको छ ।

Share News