सिभिल लघुवित्तको खुद नाफा बढेपनि ईपीएस घट्यो

<p>काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १३.३९ प्रतिशत बढेर ७ करोड ३६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज [&hellip;]</p>

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १३.३९ प्रतिशत बढेर ७ करोड ३६ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ४९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३७.३१ प्रतिशत बढेर २३ करोड ९६ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १७ करोड ४५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्ममा अन्य सञ्चालन आम्दानी ३९.१८ प्रतिशत बढेर ८ करोड ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३९।२३ प्रतिशत बढेर ३२ करोड ३० लाख ९४ हजार रुपैयाँ र सञ्चालन मुनाफा १८.०६ प्रतिशत बढेर १० करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर २८ करोड ८१ लाख २४ हजार रुपैयाँ, जगेडा कोष ५४.१४ प्रतिशत बढेर १३ करोड ८ लाख ७३ हजार रुपैयाँ, सापटी ५४.१४ प्रतिशत बढेर २ अर्ब ५१ करोड २६ लाख २८ हजार रुपैयाँ, कर्जा ५७.१५ प्रतिशत बढेर ३ अर्ब ८५ करोड ६४ लाख ३९ हजार रुपैयाँ र निक्षेप ९७ करोड ७८ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

गत असार लघुवित्तको प्रतिसेयर आम्दानी १ रुपैयाँ २६ पैसा घटेर २५ रुपैयाँ ५६ पैसामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८२ पैसा रहेको थियो । लघुवित्तका मूल्य आम्दानी अनुपात ३०.२९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।

Share News