उद्योगमन्त्रीको व्यापारीलाई प्रतिवद्धता : प्रतिबन्द लगाएको १० वस्तुको समय नलम्बिने

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिबन्द लगाएको १० वस्तुको समय नलम्बिने बताएका छन् । बिहीबार नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सरकारले आगामी भदौ १४ गतेसम्म विभिन्न १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संघले बडूलाई भेटेर १० प्रकारका वस्तुमा लागेको प्रतिबन्ध अविलम्ब खारेज गर्न आग्रह गरेको थिए [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिबन्द लगाएको १० वस्तुको समय नलम्बिने बताएका छन् । बिहीबार नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

सरकारले आगामी भदौ १४ गतेसम्म विभिन्न १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संघले बडूलाई भेटेर १० प्रकारका वस्तुमा लागेको प्रतिबन्ध अविलम्ब खारेज गर्न आग्रह गरेको थिए ।

उक्त प्रतिबन्धले अनधिकृत आयात बढेको र सरकारले राजस्व गुमाएको तर हुन्डी जस्ता गैरकानुनी माध्यमबाट विदेशी मुद्रा बाहिरिरहेको संघको भनाइ छ । यो व्यवस्थाले रेमिट्यान्स अनौपचारिक माध्यमतर्फ गइरहेको संघले जनाएको छ ।

कतिपय वस्तु आयातका लागि एलसी खोल्दा ५० र १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था पनि हटाउन संघले माग गरेको छ । यसले व्यवसायको लागत बढाएको संघको भनाइ छ । डीएपी, टीटी जस्ता माध्यमबाट भुक्तानी गर्दा निर्यातकर्ताले एलसीको भुक्तानीभन्दा बढी छुटमा सामान उपलब्ध गराउने हुँदा त्यस्ता माध्यमबाट भुक्तानी गर्न लिनुपर्ने संघको माग छ ।

सो अवसरमा संघले उधारो उठाउने ऐन निर्माण र कालोबजारी ऐन संशोधनको आवश्यकता औंल्याएको छ ।

Share News