काठमाडौं । शुक्रबार सुन तोलाको एकहजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य एक हजार रुपैयाँले बढेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको एक हजार १५५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर एक हजार १६५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।