काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन ६ गते शुक्रबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
जसअनुसार बैंकले दीर्घकालिन बचत खातामा न्यूनतम ६ दशमलव ५० प्रतिशतदेखि अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म व्याज दिनेछ । जसमा ५ देखि १० वर्षसम्मको संस्थागत बचतमा ६.५० प्रतिशत र १० वर्षभन्दा बढीको संस्थागत बचत खातामा ६.६० प्रतिशत ब्याज दिने भएको छ । कम्पनीले व्यक्तिगत बचतमा भने ७.२५ प्रतिशत ब्याज दिने छ ।
त्यस्तै, बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजनिक गरेको छ । जसमा न्यूनतम ११.५ प्रतिशतदेखि अधिकतम १४ प्रतिशतसम्म रहेको छ ।
निफ्राले ग्रीनफिल्ड प्रोजेक्टको लागि १२ देखि १४ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ब्राउनफिल्ड प्रोजेक्टको लागि ११.५ प्रतिशतदेखि १३.५ प्रतिशतसम्मको ब्याज दिने भएको छ ।
त्यसैगरी, ब्रिज ग्याप लोनमा भने प्रोजेक्ट लोनको थप ०.५० प्रतिशत बढी ब्याज दिइने निफ्राले जानकारी गराएको छ ।