गभर्नर अधिकारीले प्रधानमन्त्री देउवासँग गरे मौद्रिक नीतिको ब्रिफिङ्ग

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका छन् । गभर्नर अधिकारीले आज साउन ५ गते बिहीबार बालुवाटार पुगेर अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका हुन् । राष्ट्र बैंकका सहप्रवक्ता नारायण पाेखरेलले गभर्नर अधिकारीले प्रधानमन्त्री समक्ष मौद्रिक नीतिको विषयमा ब्रिफिङ्ग गरेका बताएका [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका छन् । गभर्नर अधिकारीले आज साउन ५ गते बिहीबार बालुवाटार पुगेर अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको ब्रिफिङ्ग गरेका हुन् ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायण पाेखरेलले गभर्नर अधिकारीले प्रधानमन्त्री समक्ष मौद्रिक नीतिको विषयमा ब्रिफिङ्ग गरेका बताएका हुन् । उनका अनुसार गभर्नर अधिकारी बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर मौद्रिक नीतिको विषयमा ब्रिफिङ्ग गरेका हुन् ।

यससँगै अब राष्ट्र बैंकलाई उक्त मौद्रिक नीति सार्वजनिक गर्न बाटो खुला भएको छ । राष्ट्र बैंकले सम्भवतः भोलिसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने योजना बनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति विशेष गरेर बाह्य क्षेत्रमा परेको चाप कम गर्नमा केन्द्रित हुने बुझिएको छ । हाल बैंक तथा वित्तीय क्षेत्रमा रहेकाे तरलताको समस्या र बाह्य क्षेत्रको दबाब कम गर्नको लागि मौद्रिक नीतिले पहल गर्ने राष्ट्र बैंक स्रोतको भनाइ छ ।

अहिले नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्रको ठूलो दबाब छ । विदेशी मुद्राको निरन्तर गिरावट र व्यापार घाटाको बढ्दो ट्रेण्डप्रति राष्ट्र बैंक चिन्तित देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ । जेठ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४५ करोड डलरमा पुगेको छ । बाह्य क्षेत्रमा यसरी निरन्तर दबाब परेपछि राष्ट्रले त्याे चाप कम गर्ने रणनीतिका साथ मौद्रिक नीतिको ड्राफ्ट तयार पारेको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभागको नेतृत्वमा मौद्रिक नीतिको ड्राफ्ट तयार भएको हो । अहिले सो मौद्रिक नीतिको ड्राफ्टलाई राष्ट्र बैंकको उच्च व्यवस्थापनले पनि फाइनल गरिसकेको छ ।

यो पनि पढ्नुहोस् :

मौद्रिक नीति : यसरी कम गरिँदैछ बाह्य क्षेत्रको दबाब

Share News