काठमाडौं । बिहीबार सुन तोलाको एकहजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार छापावाल सुनको मूल्य एक हजार रुपैयाँले घटेर तोलाको ९३ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य पनि घटेर तोलाको ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जनकारी दिएको छ ।