नेपालको पासपोर्ट ३ स्थान माथि उक्लियो, अझै पनि कमजाेर

<p>काठमाडौं । नेपालको पासपोर्ट (राहदानी) ३ स्थान माथि उक्लिएको छ । ११२ वटा देशका राहदानीहरुका बारेमा गरिएको एक सर्वेक्षणले नेपालको पासपोर्ट गत वर्षको भन्दा ३ स्थान माथि उक्लिएको देखाएको हो । यद्यपि, नेपालको पासपोर्ट अझै पनि कमजोर अवस्थामै रहेको छ । लन्डनको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययन तथा सर्वेक्षणमा जापानको राहदानी सबैभन्दा शक्तिशाली अर्थात् [&hellip;]</p>

काठमाडौं । नेपालको पासपोर्ट (राहदानी) ३ स्थान माथि उक्लिएको छ । ११२ वटा देशका राहदानीहरुका बारेमा गरिएको एक सर्वेक्षणले नेपालको पासपोर्ट गत वर्षको भन्दा ३ स्थान माथि उक्लिएको देखाएको हो । यद्यपि, नेपालको पासपोर्ट अझै पनि कमजोर अवस्थामै रहेको छ ।

लन्डनको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययन तथा सर्वेक्षणमा जापानको राहदानी सबैभन्दा शक्तिशाली अर्थात् पहिलो स्थानमा रहेको देखाएको छ ।

११२ वटा देशमा गरिएको उक्त सर्वेक्षणले नेपालको राहदानी १०६ औं स्थानमा राखेको हो । गत वर्ष नेपालको राहदानी १०९ औं स्थानमा रहेको थियो । नेपालीले ३८ देशमा मात्रै भ्रमण गर्न पाउँदछन् ।

सबैभन्दा शक्तिशाली पासपार्टमा जापानपछि दोस्रोमा सिंगापुर र दक्षिण कोरिया, तेस्रो स्थानमा जर्मनी र स्पेन, चौथौंमा फिनल्याण्ड, इटाली र लक्जमबर्ग र पाचौंमा अस्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन रहेका छन् ।

यस्तै, सबैभन्दा कमजोर पासपोर्टमा अफगानिस्तान ११२ औं स्थान, इराक १११ औं स्थान,  सिरिया ११० औं स्थान, पाकिस्तान १०९ औं स्थान, यमन १०८ स्थान, सोमालिया १०७ औं स्थान र उत्तर कोरिया १०५ औं स्थानमा रहेको छ ।

Share News