वित्तीय विवरण सार्वजनिक गर्नेमा आरएसडीसी लघुवित्त पहिलो, अधिकांश सूचकमा देखियो सुधार

<p>काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । यससँगै आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण गर्नेमा आरएसडीसी लघुवित्त पहिलो बनेको छ । उक्त विवरण अनुसार संस्थाले एक वर्षको अवधिमा १३ करोड ५२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४८.५७ प्रतिशतले बढी [&hellip;]</p>

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । यससँगै आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण गर्नेमा आरएसडीसी लघुवित्त पहिलो बनेको छ ।

उक्त विवरण अनुसार संस्थाले एक वर्षको अवधिमा १३ करोड ५२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४८.५७ प्रतिशतले बढी हो ।

संस्थाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ९ करोड १० लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४६.४० प्रतिशत बढेर २३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १२ करोड ९० लाख रुपैयाँबाट बढेर १९ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ४.३५ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष १२.४४ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी बढेर १६.७९ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।

हाल संस्थाको चुक्ता पुँजी बढेर ८० करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम ६ करोड ७२ लाख रुपैयाँले बढेर ९ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा लघुवित्तले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ६४ करोड रुपैयाँ लिएको छ भने ८६ लाख रुपैयाँ मात्रै कर्जा लगानी गरेको छ । जुन गत वर्ष क्रमशः ३ अर्ब ७ करोड रुपैयाँ र ४७ लाख रुपैयाँ थियो । यससँगै संस्थाको निष्कृय कर्जा पनि ०.९९ प्रतिशतबाट ०.४९ प्रतिशतमा झरेको छ ।

Share News