काठमाडौं । ओपिसि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले ११ करोड बोरा सिमेन्ट बिक्री गर्न सफल भएकाे छ । याेसँगै शिवम् नेपालभरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको कम्पनीले जनाएकाे छ ।
ओ.पि.सि मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको चुनढुङ्गाबाट ओपिसि सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
यस कम्पनी नेपाली सिमेन्ट उद्याेगमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन. एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।
कम्पनीले आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिवद्धता जनाएको छ ।