गभर्नरको राजीनामा माग गर्दै विद्यार्थी संगठनको विरोध, कार्यालय प्रवेशमा रोक

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ समिति सदस्यमा रहेको भन्दै सत्तारुण गठबन्धनका विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन् । विरोध स्वरुप आईतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्रको सङ्गठन अखिल क्रान्तिकारीले विरोध गर्ने भएका छन् । गभर्नर कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाईने व्यवस्था रहेता पनि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ समिति सदस्यमा रहेको भन्दै सत्तारुण गठबन्धनका विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन् ।

विरोध स्वरुप आईतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्रको सङ्गठन अखिल क्रान्तिकारीले विरोध गर्ने भएका छन् । गभर्नर कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाईने व्यवस्था रहेता पनि गभर्नर अधिकारी एमालेको सदस्य भएको भन्दै सत्तारुण दलका विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका हुन ।

विरोध स्वरुपमा दुबै विद्यार्थी संगठनले आइतबार बिहान १० बजे नेपाल राष्ट्र बैकको गेट घेरेर गभर्नर अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरेका छन् ।

विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले सम्बोधन समेत बताईएको छ ।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको रूपमा अधिकारीको नाम उनले राजीनामा दिनुपर्ने माग सहित विरोध सुरु भएको हो ।

Share News