काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । असार ३० गते बसेको कम्पनी सञ्चालक समितिले चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।
हाल अपर तामाकोशीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।
बिहीबारको बजारमा कम्पनीको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा किनबेच भएको थियो ।