सिजीले ल्यायो इन्टरनेट जोडेपछि जहाँबाट पनि चल्ने एसी र फ्रिज, १० वर्षको वारेन्टी

<p>काठमाडाैं । सिजीले आफ्नो ‘सि.जी. मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ । सिजीले यस पटक आइओट (ईन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साईड बाई साईड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो । कम्पनीकाे [&hellip;]</p>

काठमाडाैं । सिजीले आफ्नो ‘सि.जी. मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ ।

सिजीले यस पटक आइओट (ईन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साईड बाई साईड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो ।

कम्पनीकाे अनुसार यी आइओटी प्रोडक्टहरुलाई ग्राहकले सिजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सक्नेछन् । यस एपमा यी प्रोडक्टहरु एक अर्कासँग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् ।

आइओटी सुविधाको साथ ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी, मोटरमा र एसीमा ५ वर्षको वारेण्टी दिएको छ ।

 

 

 

 

 

Share News