अर्थमन्त्रीको छानविनका लागि कार्यविधि पारित, सभापति भने चयन हुन सकेन

<p>काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि बजेट बनाउँदा करको दरमा हेरफेर गरेको विषयमा छानविन गर्नको कार्यविधि पारित भएको छ । शर्माको छानविनको लागि गठन भएको विशेष समितिको सोमबार बसेको बैठकले छानविन प्रकृयाको लागि कार्यविधि पारित गरेको हो । कार्यविधि पारित भएतापनि सर्वसम्मतीको अभावमा सभापति भने चयन हुन सकेन । समितिका जेष्ठ [&hellip;]</p>

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि बजेट बनाउँदा करको दरमा हेरफेर गरेको विषयमा छानविन गर्नको कार्यविधि पारित भएको छ । शर्माको छानविनको लागि गठन भएको विशेष समितिको सोमबार बसेको बैठकले छानविन प्रकृयाको लागि कार्यविधि पारित गरेको हो । कार्यविधि पारित भएतापनि सर्वसम्मतीको अभावमा सभापति भने चयन हुन सकेन ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा दिउँसो १ बजेबाट बसेको बैठकले कार्यविधि पारित गर्दै सकेसम्म सर्वसम्मतीको प्रकृयाबाट सभापति चयन गर्ने निर्णय गरेको समितिका सचिव सुरेन्द्र अर्यालले सञ्चार माध्यमलाई बताएका छन् ।

अर्को बैठक बुधबार दिउँसो बस्ने जनाइएको छ ।

Share News