नागरिक लगानी कोषको ब्याजदर बढ्यो, यस्तो छ नयाँ ब्याजदर

<p>काठमाडाैं । नागरिक लगानी कोषले संचालन गरिरहेकाे कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमकाे ब्याजदर बढेकाे छ । काेषले साउन १ गतेदेखि लागु हुने गरी साे कार्यक्रमकाे ब्याजदर बढाएर ८ प्रतिशत पुर्याएकाे हाे । त्यसैगरी कोषले संचालन गरिरहेकाे उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो [&hellip;]</p>

काठमाडाैं । नागरिक लगानी कोषले संचालन गरिरहेकाे कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमकाे ब्याजदर बढेकाे छ । काेषले साउन १ गतेदेखि लागु हुने गरी साे कार्यक्रमकाे ब्याजदर बढाएर ८ प्रतिशत पुर्याएकाे हाे ।

त्यसैगरी कोषले संचालन गरिरहेकाे उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने काेषले जनाएकाे छ ।

उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको काेषले जनाएकाे छ ।

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा ब्यक्तिगत खाता खोलिएको भए ब्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र ब्याक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ ।

यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैया र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैँया प्रदान गर्नुपर्ने हुन आउँछ ।

Share News