नेप्सेले राधीसँग माग्यो लगानी विवरण, नबुझाए कार्वाही गरिने

<p>काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले राधी विद्युत कम्पनीलाई लगानीको विवरण मागेको छ । कार्त्तिक २५ गते सार्वजनिक सूचना जारी गर्दै नेप्सेले कम्पनीसँग प्रमाणीत विवरण माग गरेको हो । कम्पनीसँग पटक पटक माग गर्दा पनि हालसम्म सम्पूर्ण विवरण नबुझाएको भन्दै नेप्सले प्रमाणीत लगानी विवरण बुझाउन आग्रह गरेको हो । उक्त विवरण आगामी [&hellip;]</p>

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले राधी विद्युत कम्पनीलाई लगानीको विवरण मागेको छ । कार्त्तिक २५ गते सार्वजनिक सूचना जारी गर्दै नेप्सेले कम्पनीसँग प्रमाणीत विवरण माग गरेको हो ।

कम्पनीसँग पटक पटक माग गर्दा पनि हालसम्म सम्पूर्ण विवरण नबुझाएको भन्दै नेप्सले प्रमाणीत लगानी विवरण बुझाउन आग्रह गरेको हो । उक्त विवरण आगामी ३ कार्य दिनभित्र पेश गर्न नेप्सेको निर्देशन छ ।

साथै, उक्त समयभित्र पेश नगरेमा धितोपत्र प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने नेप्सेले जनाएको छ ।

Share News